सबै रोगको विशेषज्ञ सेवा एकै ठाउँबाट दिन कर्णाली केयर संचालन

सुर्खेत
सबै रोगको विशेषज्ञ सेवा एकै ठाउँबाट दिन कर्णाली प्रदेशको राजधानी सुर्खेत बीरेन्द्रनगरमा ५० वेडको अत्याधुनिक सुविधायुक्त कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर संचालन भएको छ ।
सबै रोगको उत्कृष्ट विशेषज्ञ सेवा एकै ठाउँबाट दिने उदेश्यलेसहित कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर संचालनमा आएको संचालक दिपक गौतमले बताए ।
उनले हप्तादिन भित्रै अस्पताल पूर्ण रुपमा सेवा संचालनमा आउने पनि उल्लेख गरे ।


उनका अनुसार अस्पतालमा बालरोग विशेषज्ञ सेवा, हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, महिला तथा प्रसुति रोग, मानसिक रोग, जनरल फिजिसियन, जनरल तथा ल्याप्प्रोसकोपी सर्जरी, छाला, यौन तथा सौन्दर्य विशेषज्ञ सेवा रहेका छन् ।
नाक, कान, घाँटी, प्याथोलोजिष्ट, फिजियोथेरापी, दाँत, मुख तथा गिजा रोगको पनि अस्पतालमा उपचार हुनेछ ।
यस्तै आधुनिक प्रविधियुक्त सिटी स्क्यान, भिडियो एक्स -रे, सादा एक्स -रे सेवा, आधुनिक ल्याव, भेन्टिलेटरसहितको आइसियू, एनआइसीयू, साना तथा ठूला सम्पूर्ण सल्यक्रिया सेवा समेत अस्पतालमा रहेका छन् ।
अस्पतालले कर्णालीमै पहिलो पटक छुट्टै मानसिक रोगका विरामीका लागि मनोरोग वार्ड समेत संचालनमा ल्याएको छ । जनरल तथा विशेष वार्ड रहेको अस्पतालले चौवीसै घण्टा इमरजेन्सी र फार्मेसी सेवा संचालन गर्ने जनाएको छ ।


कर्णालीका कमजोर आर्थिक अवस्था भएका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालका निर्देशक डा. सुशिल समदर्शीले बताए ।
उनले भने, कर्णालबासीको सुविधालाई ध्यान दिएर एकै ठाउँबाट सवै रोगको विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह छौ ।
अस्पतालले स्वास्थ्य सम्वन्धी अध्ययन, अनुसन्धानको काम पनि गर्ने मानसिक रोग विशेषज्ञ समेत रहेका निर्देशक समदर्शीले उल्लेख गरे ।
अस्पताल संचालनसँगै विशेषज्ञ सेवाको लागि कर्णालीबासीको अव बाहिर (नेपालगंज, काडमाडौ, लखनउ) जानु पर्ने बाध्यता अन्त्य हुने अपेक्षा आफुहरुको रहेको हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ डा.रुपक कँडेल बताउँछन् ।
कम खर्चमा स्तरीय सेवा दिने प्रयास गछौ, अस्पतालका संचालक समेत रहेका उनी भन्छन्, उपचारमा आउने कुनै पनि विरामी पैसा अभावमा उपचारबाट बञ्चित हुनु पर्नेछैन् ।


विमा र आमा सुरक्षा कार्यक्रम पनि संचालन गर्ने गरी स्वास्थ्य सम्वन्धी सम्पूर्ण मापदण्ड पुरा गरेर बनाइएको कर्णाली केयर कर्णालीकै पहिलो नीजि अस्पताल भएको बालरोग विशेषज्ञ डा. नवराज केसीले बताए ।
अस्पताल संचालक समेत रहेका उनले भने, कर्णालीमा अहिलेसम्म सानातिना अस्पताल, नर्सिङ होम मात्रै चलिरहेका थिए । बल्ल नीजि क्षेत्रले हस्पिटल वेस सेवा सुरु गर्यो । यो कर्णालीको लागि कोसेढुंगा हो ।
उनले अरु प्रदेशमा ठुल्ठूला नीजि अस्पताल भएपनि कर्णालीमा भने यो नै सबै रोगको विशेषज्ञ एकै ठाउँमा पाउने नीजि अस्पताल भएको पनि उल्लेख गरे ।
कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरले चाडै नै बिपीएच, बिएन, स्टाफनर्स, एचएको पढाउन क्याम्पस संचालन गर्ने जनाएको छ ।
आफ्नै प्रदेशमा केही गर्नु पर्छ भन्ने मान्यता राख्दै आएका कर्णालीका युवा डाक्टरहरु संचालन गरेको कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरले निकट भविस्यमै मेडिकल कलेज पनि संचालन गर्ने जनाएको छ ।

प्रकाशित मितिः १० चैत्र २०७७, मंगलवार ०७:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *