सुर्खेत
कर्णाली प्रदेशमा पहिलो र दोस्रो चरणमा एक लाख ५ हजार २ सय ४१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा २६ हजार ९ सय ९० जना र दोस्रो चरणमा ७८ हजार २ सय ५१ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नोडनारायण चौधरीले पहिलो चरणको पहिलो प्राथमिकतामा परेका ९ हजार ४ सय ८४ र दोस्रो प्राथमिकतामा परेका १७ हजार ५ सय ६ जनाले कोरोना भाइरस विरुद्ध खोप लगाएको बताए ।

दोस्रो चरणमा भने ६५ बर्ष माथिका जेष्ठ नागरिक र पहिलो चरणमा छुटेका व्यक्तिहरुलाई खोप लगाइएको उनले जानकारी दिए ।
दोस्रो चरणमा डोल्पामा २ हजार ४ सय ८६, मुगुमा ३ हजार १ सय ४१, हुम्लामा ४ हजार १ सय ५५, जुम्लामा ६ हजार ४१, कालिकोटमा ६ हजार ५ सय ३२, दैलेखमा १२ हजार ७ सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यस्तै जारकोटमा ६ हजार ७ सय ४१, रुकुम पश्चिममा ७ हजार ५७, सल्यानमा ९ हजार ५ सय ४६ र सुर्खेतमा १९ हजार ७ सय ८० जनाले खोप लगाएका छन् ।
पहिलो चरणमा पहिलो प्राथमिकताका अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविका, सरसरफाई कर्मचारी, एम्वुलेन्स चालकहरुलाई कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप दिइएको छ ।

यस्तै पहिलो चरणमै दोस्रा प्राथमिकतामा परेका ३ हजार ६ सय ८६ जना स्थानीय तहका जनप्रतिनिधी, ४ हजार १ सय ३२ जना निजामित सेवाका कर्मचारी, २ हजार ६ सय ९२ जना जनपथ प्रहरी, ७ सय ७१ ज्ना वोर्डरमा खटिएका शसस्त्र प्रहरीले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यस्तै कोरोना विरुद्धको खोप लगाउनेमा २ हजार ७५ जना बैंक तथा वित्तिय संस्थामा कर्यरत कर्मचारी, ६ सय १७ जना प्राधिकरण र संस्थानका कर्मचारी, २ सय १० जना न्याय सेवाका कर्मचारी, ३ सय ३६ जना पत्रकार, १ हजार ५ सय २० जना नेपाली सेनाले पनि कोभिशिल्ड खोप लगाएको निर्देशनालयले जनाएको छ ।

पहिलो चरणको पहिलो प्राथमिकतामा परेका ९ हजार ४ सय ८४ जना मध्ये महिला ५ हजार १ सय ३१ र पुरुष ४ हजार ३ सय ५३ जनाले खोप लगाएका छन् ।
यस्तै पहिलो चरण्मै दोस्रो प्राथमिकताका १७ हजार ५ सय ६ जना मध्ये महिला ३ हजार ४ सय ९१ र पुरुष १४ हजार १५ जनाले खोप लगाएको निर्देशनालयका सुचना अधिकारी समेत रहेका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक चौधरीले जानकारी दिए । तस्वीरहरु : प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको फेसबुक पेजबाट