निवेदनकै भरमा संस्था बुझाउनु हुदैन् : पूर्वमन्त्री कँडेल

पदम केसी
सुर्खेत
पूर्वमन्त्री तथा एमाले नेता यामलाल कँडेलले हरेक विषयलाई राजनीतिक दृष्टीकोणले हेर्न नहुने बताएका छन् ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको १९ औं बार्षिक साधारण सभामा उनले विकासको लागि दलगत स्वार्थ त्यागेर एक ठाउँमा आउनु पर्ने बताए ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थालाई कुन मोडलबाट संचालन गर्ने भन्ने बहस चलिरहेको बेला उनले बैधानिक रुपमा अर्को विकल्प स्थापित नहुदासम्म यही संस्था चलिरहने उल्लेख गरे ।
उनले कुन मोडलबाट संचालन गर्दा उपत्यकाबासीले राम्रोसँग खानेपानी उपभोग गर्न सक्छन भन्ने विषयमा गहन छलफल गर्न संस्थाका पदाधिकारी, स्कीम समितिका अध्यक्ष र सदस्यहरुलाई सुझाव समेत दिए ।
आफैले आफुलाई हेरेर आत्मसमिक्षा गरेर अघि बढ्नुहोस, उनले भने, निवेदनकै भरमा संस्था काही कतै बुझाउनु हुदैन् ।
प्रदेश सभा सासद कँडेलले प्रदेश सरकारले पैसा छुट्याउने तर खर्च गर्ने ठाउँमा नपठाउने र खर्च नहुने ठाउँमा पैसा पठाउँने गरेको आरोप समेत लगाए ।


प्रदेश सभा सासद सीता नेपालीले छलफल र संवादबाट मात्रै समस्याको हल निकाल्न सकिने बताइन् । उनले खानेपानी जस्तो संवेदशिल संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नु पर्नेमा जोड दिएकी छन् ।
अर्का प्रदेश सभा सदस्य पद्मा खड्काले राजनीतिक स्वार्थभन्दा माथी उठेर खानेपानीको बारेमा सोच्नु पर्ने वेला आएको उल्लेख गरिन् ।
सभामा नगरप्रमुख देवकुमार सुवेदीले आपसी कुन्ठालाई फालेर नयाँ ढंगले अघि बढनु पर्नेमा जोड दिए ।
काँग्रेस नेता चन्द्रप्रसाद थानीले खानेपानी संचालन र व्यवस्थापनको जिम्मा अव प्रदेश सरकारलाई हस्तान्तरण गर्नु पर्ने सुझाव दिए ।
सभामा नेकपा एमालेका नेता गणेशबहादुर ओली, माओवादी केन्द्रका नेता गंगाराम तिमिल्सेनालगायत विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधीले शुभकामना व्यक्त गरेका थिए ।


सभामा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गदै संस्थाका अध्यक्ष कुलमणी देवकोटाले देशभरी रहेका चार हजार खानेपानी उपभोक्ता संस्था मध्ये संचालन र व्यवस्थापनको रुपमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था सवैभन्दा उत्कृष्ट रहेको बताए ।
उनले सुर्खेत उपत्यकाबासीको खानेपानीको प्यास मेटाउन संस्थाले उल्लेखनिय काम गरेको पनि बताए ।
उनले खानेपानीको दीर्घकालिन समस्या समाधानको लागि ७ अर्व ५० करोडको लागतमा भेरीको पानी सुर्खेत उपत्यकामा ल्याउने प्रक्रिया अघि बढेको समेत जानकारी दिए ।
यस्तै साभामा संस्थाका कोषाध्यक्ष रामबहादुर गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको बन्दसर्त भोली सोमवार वस्ने बताएको छ ।

प्रकाशित मितिः १५ चैत्र २०७७, आईतवार ०६:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *