सुर्खेत
सामाजिक अभियन्ता वालरोग विशेषज्ञ डा. नवराज केसीले बादी समुदायका वालबालिकालाई पढनको लागि सहयोग गरेका छन् । वावुआमा गुमाएपछि पढ्न लेख्नबाट बञ्चित बालबालिकालाई उनले होस्टेलमा राखेर पढने व्यवस्था मिलाएका हुन ।
अहिले ६ जना बालिकालाई पढ्ने व्यवस्था मिलाएको छ, उनले भने उनीहरु १० कक्षासम्म होस्टेलमा बस्छन् र राम्रो नीजि स्कुलमा पढ्छन ।
६ जना बालिकालाई दैलेखबाट ल्याएर सुर्खेतमा पढाउन थालेका छन् । उनीहरु यही १७ गतेबाट बीरेन्द्रनगरकै एक नीजि विद्यालयमा पढ्ने छन् ।
शिक्षाबाट बञ्चित बादी समुदायका सवै बालबालिकालाई होस्टेलमा राखेर पढाउने व्यवस्था मिलाउन सक्दो सहयोग र पहल गर्ने पनि डा. केसीले बताए ।
कर्णाली प्रदेशमा सवैभन्दा पिल्सियको समुदायको रुपमा चिनिदै आएको बादी समुदायका अधिकाश बालबालिकाले पढन लेख्न नपाएको थाहाँ पाएपछि आफुले यस्तो पहल थालेको पनि उनी बताउँछन् ।
शिक्षाबाट बञ्चित बादी समुदायका त्यस्ता बालबालिकालाई होस्टेलमा राखेर स्वर्गिय नेत्र खत्री उज्यालो छात्रवृत्ति कार्यक्रममार्फत उत्कृष्ट बिद्यालयहरुमा पढाउन सक्दो सहयोग गर्ने उनको योजना छ ।
पढन लेख्नबाट बञ्चित अति विपन्न समुदायका बालबालिकालाई शिक्षामा सहयोग गर्नको लागि उनले स्वर्गिय वुवाको नाममा नेत्र खत्री उज्यालो छात्रबृत्ति कोष स्थापना गरेका छन् ।
बीरेन्द्रनगरस्थीति जन माध्यामिक विद्यालयका प्राचार्य रुपमा लामो समय काम गरेका स्वर्गिय नेत्र खत्रीलाई सुर्खेतबासीले शिक्षाको धरोहरको रुपमा चिन्ने गर्छन् ।
डा. केसीले बादी समुदायका बालबालिकालाई पढ्नको लागि सक्दो सहयोग गर्न सरकारी र गैरसरकारी निकायलाई पनि आग्रह गरेका छन् ।