आगलागी पीडितलाई डाक्टरको सहयोग

सुर्खेत
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत तीज जना चिकित्सकले बराहताल गाउँपालिका सिस्नेरीका आगलागी पीडितलाई टिनका पाता सहयोग गरेका छन् ।
आगलागीबाट जलेका घरहरु छाउनको लागि बालरोग विशेषज्ञ डा. नवराज केसी, हाड तथा नसा रोग विशेषज्ञ डा. रुपक कँडेल र मानोरोग विशेषज्ञ डा. सुशिल समदर्शीले टिनका पाता सहयोग गरेका हुन ।
८ १० वटा घरको छाना छाउनको लागि झण्डै डेढ लाख रुपैयाको टिनको पाता सहयोग गरेको बताएको छ ।
खरको छानो भएकोले प्रायजसो बर्षेनि घरकाहरु जल्ले भएकोले उक्त समस्या फेरी नदोहोरियो भनेर टिनका पाता सहयोग गरेको बालरोग विशेषज्ञ डा. नवराज केसीले बताए ।


आगलागी पीडितलाई अरु साथीहरु पनि सक्दो सहयोग गरिरहनु भएको छ, उनले भने, हामीले पनि आफ्नो सामाजिक दायित्व सम्झेर सक्दो सहयोग गरेका हौं ।
आगलागीले समस्या भएपछि बस्तीलाई नै पुग्ने गरी टिनका पाताहरु पठाउने काम गरिएको पनि उनले बताए ।
फराकिलो मन र सोच भन्दै स्थानीयले डाक्टरप्रति आभार व्यक्त गरेका छन् ।
डाक्टर साप, हजुरले देखेका कर्णालीका जल्लाबल्दा इस्यूहरु के के हुन । जसले आर्थिक राजनीतिक र सामाजिक क्षेत्रमा प्रभाव पारिरहेका छन् । जहिले पनि नेताहरुका चुनावी नारा बन्छन तर अहिलेसम्म पुरा हुन सकेका छैनन् ।

प्रकाशित मितिः ३१ चैत्र २०७७, मंगलवार १४:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *