विनोदको पहलमा मंसिरीका आगलागी पीडितलाई सहयोग

पदम केसी (जाजरकोट)
जाजरकोट नलगाड नगरपालिका- ८, मंसिरीका आगलागी पीडितलाई सामाजिक अभियन्ता बिनोद रावलको पहलमा सहयोग गरिएको छ ।
आगलागीबाट घर जलेका पाँच परिवारलाई बिनोदले अभियान थालेर आर्थिक संकलन गरेका थिए ।


अभियान संचालन पछि विभिन्न सामाजिक अभियन्ताहरुले दिएको ४५ हजार रुपैयाबाट पीडितलाई कम्बल, चामल, नगद रकम प्रदान गरिएको छ ।
बैदेशिक रोजगारीमा कार्यरत रावलले चलाएको अभियानलाई साथ दिदै बेलायतबाट धनवल पुनले १० हजार, इजरायलबाट सुनिता गुरुङ्गकी छोरी सुचित्राले पाँच हजार, कुवेतबाट सामाजिक अभियन्ता खुशी गुरुङ्गले ५ हजार रुपैया सहयोग गरेको समाजिक अभियन्ता रावलले बताए ।


यस्तै बैदेशिक रोजगारमै कार्यरत नलगाडबासी चेतबहादुर रावलले पाँच हजार, कृष्ण थापाले पाँच हजार र शिक्षक मदन रावलले  पाँच हजार रुपैया सहयोग गरेका थिए ।
कोरियामा कार्यरत तेजबिक्रम रोकाय, सुदीप रावत र नेपाल कार्कीले  पाँच हजार आललागी पीडित र १० हजार ८ सय ७१ रुपैया ढाडको समस्याबाट पीडित भएर काठमाडौमा उपचार गरिरहेका विकास चनाराको उपचारमा सहयोग गरेको समेत उनले बताए ।


आफुले पनि पाँच हजार रुपैया सहयोग गरेका बिनोदले पीडितको घाउँमा मलम लगाउन सहयोग गर्ने सवैप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि समस्यामा परेका व्यक्तिको सुख दुःखमा पनि निरन्तर साथ दिइरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

]सानैदेखि समाज सेवामा सक्रिय उनले यसअघि पनि समस्यामा परेका विभिन्न व्यक्तिलाई आर्थिक सहयोग गरेका थिए । संकलित ४५ हजार रुपैयाबाट केही नगद रकमसहित कम्वल, चामल किनेर समाजसेवी मदन रावल र पत्रकार पदम केसीले पीडितलाई हप्तान्तरण गरेका छन् ।

प्रकाशित मितिः ६ बैशाख २०७८, सोमबार १३:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *