पदम केसी
सुर्खेत
ढाडको नसा च्यापिएर अप्रेसन गरेका जाजरकोटका नलगाडका विकास चुनारालाई सामाजिक अभियन्ता बिनोद रावलको पहलमा आर्थिक सहयोग गरिएको छ ।
ढाडको अप्रेसन गरेपछि काठमाडौमा खानबस्न समस्या भएपछि उनको लागि बिनोदले आर्थिक संकलन अभियान थालेका थिए ।
अभियान संचालन पछि विभिन्न सामाजिक अभियन्ताहरुले दिएको ३० हजार ५ सय रुपैया सामाजिक अभियन्ता चन्द्र खत्रीले विकासलाई हस्तान्तरण गरेको विनोदले बताए ।
उनको अभियानलाई साथ दिदै दक्षिण कोरियाबाट तेजविक्रम रोकाय, सुदीप रावत र नेपाल कार्कीले १० हजार ८ सय ७१, बैदेशिक रोजगारीमा कार्यरत नलगाडकै युवा कृष्ण थापाले ५ हजार, कमलजंग क्षेत्रीले ३ हजार एक सय ७१, विवेक मगरले एक हजार र समाजसेवी तथा पत्रकार प्रकाश पन्तले ५ हजार पाँच सय रुपैया सहयोग गरेका थिए ।
बैदेशिक रोजगारीमा कार्यरत रावलले आफ्नो तर्फबाट पनि पाँच हजार रुपैया सहयोग गरेको बताए ।
विकासलाई परेको समस्याबारे बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तबाट थाहाँ पाएपछि उहाँको समस्यामा साथ दिन उक्त अभियान चालेको विनोदले बताए ।
उनले भने, आगामी दिनमा पनि समस्यामा परेका व्यक्तिको सुख दुःखमा पनि निरन्तर साथ दिइरहने छु ।
सानैदेखि समाज सेवामा सक्रिय उनले यसअघि पनि समस्यामा परेका थुप्रै व्यक्तिहरुलाई अभियानमार्फत सहयोग र साथ दिदै आएका छन् ।
संकलित रकम काठमाडौमा कार्यरत सामाजिक अभियन्ता चन्द्र खत्रीले विकासलाई हस्तान्तरण गरेका थिए ।
सहयोग पाएपछि विकासले दुःखमा साथ दिनै सहयोगी व्यक्तिहरुलाई हृदयदेखि नै आभार व्यक्त गरेका छन् ।
बैदेशिक रोजगारीको लागि तीन महिना अघि मलेसिया गएका चनाराको एकएक नसा च्यापिएको थियो ।
तत्कालै अप्रेसन नगरे हिड्डुल गर्न नसक्ने अवस्था सृजना हुनसक्ने भन्दै डाक्टरले उनलाई तत्काल अप्रेसन गर्न सल्लाह दिएका थिए ।
मलेसियामा अप्रेसन गर्दा करिव १० लाख रुपैया लाग्ने भएकोले आफु पत्रकार प्रकाश पन्तको सल्लाहमा नेपाल फर्केको उनकै सहयोगमा छिटो र छरितो ढंगले अप्रेसन गर्न सफल भएको उनले बताए ।
सायद यति छिटो अप्रेसन गर्ने अवस्था सृजना नभएको भए म सधैभरी हिड्डुल गर्न सक्दैन्थे होला, उनले भने, काठमाडौ आएको हप्तादिनमै सरकारी अस्पतालमा अप्रेसन गर्न सम्भव भयो ।
उहाँ (प्रकाश दाई ) को सहयोग नभएको भए यति चाडो अप्रेसन हुँदैन्यो, कम्तिमा पनि तीन महिना कुर्नु पथ्र्यो ।