जाजरकोट
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न नलगाड नगरपालिकामा रहेको त्रिवेणी युवा क्लवले माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।
कोभिड १९ को नयाँ भेरीएन्टबाट जाजरकोटको नलगाड क्षेत्रमा पनि देखिएको भन्दै उक्त क्लवले विपन्न परिवार, महिला, बालबालिका, जेष्ठ नागरिकलाई माक्स र सेनिटाइजर वितरण गरेको जनाएको छ ।
जनस्वास्थ शाखा दल्लीसँगको सहकार्यमा क्लवले कोभिड १९ सम्वन्धी चेतनामूलक सन्देशहरु पनि गाउँलेहरुलाई प्रवाह गरिरहको उल्लेख गरेको छ ।
२०५२ सालमा स्थापना भएको क्लवले स्थापना कालदेखि नै विभिन्न खालका सामाजिक कामहरु गरिरहेको क्लवका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले बताए ।