साटाखानीमा भैसी स्रोत केन्द्र संचालन

सुर्खेत
सुर्खेतकै उत्कृष्ट किसान चुडामणी ढकाललले साटाखानीमा भैसी स्रोत केन्द्र स्थापना गरेका छन् । डेढ दशकदेखि व्यवसायिक रुपमा भैसीपालन गदै आएका उनले नमुना भैसी फर्मसँगै भैसी स्रोत केन्द पनि संचालनमा ल्याएका हुन् ।
भैसी स्रोत केन्द्रको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले उदघाटन गरेका छन् । स्रोत केन्द्रको उद्घाटन गदै सचिव मिश्रले भैसी स्रोत केन्द्रलाई कर्णाली प्रदेशकै उत्कृष्ट स्रोत केन्द्र बनाउन सुझाव दिए ।


उनले भने, स्रोत केन्द्रले पाडापाडी उत्पादनसँगै, नश्ल सुधार र भैसीको अध्ययन अनुसन्धान केन्द्रको पनि काम गर्नुपर्छ । यसको लागि मन्त्रालयले सक्दो प्राविधिक सहयोग गर्छ ।
प्रदेश अस्पतालका वालरोग विशेषज्ञ डा. नवराज केसीले गाउँमै उत्कृष्ट भैसी फर्म संचालन गरी प्रेरणादायी काम गर्न सफल भएकोमा ढकालप्रति आभार व्यक्त गरे । उनले कसैको सहयोगमा भन्दा पनि आफैले काम गरर उदाहरणिय बन्न पनि ढकाललाई सुझाव दिए ।
२०६० सालबाट दुई वटा भैसीबाट भैसीपालन व्यवसाय गरेको बताउँने ढकालले अहिले झण्डै सय वटा भैसी पालन गरेका छन् ।


भैसी पालन व्यवसायबाट नाम र दाम दुवै कमाउन सफल उनले आफुबाट सिकेर गाउँभरी अहिले भैसीपालन व्यवसाय थालिएकोमा सन्तोष व्यक्त गरे ।
उनले भने, विदेश जाने पैसाले भैसी किने अहिले यही व्यवसायले पुगेको छ । कसैसँग ऋण सापट गर्नु परेको छैन् । जिल्लाकै उत्कृष्ट भैसीपालक किसान भएपनि उनलाई कर्णाली प्रदेश पशु सेवा निर्देशनालयले अहिलेसम्म कुनै पनि सहयोग गरेको छैन ।
निर्देशनालयले कमिसन दिने व्यक्तिहरुलाई मात्र सहयोग गर्ने गरेको गुनासो ढकालले गरे ।

प्रकाशित मितिः २५ बैशाख २०७८, शनिबार ११:२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *