सुर्खेत
नेपाली काँग्रेसका युवा नेता राजीव विक्रम शाहले घरमै सुरक्षित रहेर बस्न कर्णालीबासीलाई आग्रह गरेका छन् ।
सामाजिक संचालन फेसवुकमार्फत नेता शाहले कोरोना भाइरसको दोस्रो लहरले सवैतिर समस्या पारिरहेकोले धैर्य गरेर घरमै सुरक्षितसँग बस्न आग्रह गरेका हुन ।
सधै कर्णाली र जाजरकोटबासीको सेवामा तल्लिन रहदौ आएका उनले संकटको वेला विगतमा जस्तै आउने दिनहरुमा पनि सक्दो सहयोग र साथ दिने उल्लेख गरे ।
पहिलो चरणको वेला उनले कर्णाली प्रदेश अस्पतालसहित दशवटै जिल्लाका अस्पताल र स्वास्थ्य संस्थालाई भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री प्रदान गरेका थिए ।
पूर्व सासद शाहले समस्यामा परे आफु जस्तो सुकै सहयोग र साथ दिन तयार रहेको पनि बताएका छन् ।