सुर्खेत
सेभ द चिल्ड्रेन मध्य तथा सुदुरपश्चिम फिल्ड कार्यालय मार्फत कर्णाली प्रदेश सरकारलाई कोभिड –१९ (कोरोना भाईरस) को संक्रमण रोक्न सघाउने उद्देश्यले १३०० सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरू प्रदान गरिएको छ ।
कर्णाली प्रदेशका मुख्य मन्त्री माननीय श्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा उक्त सामग्रीहरू सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरीएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्नुहँदै मुख्य मन्त्री शाहीले भन्नुभयो महामारीको अवस्थामा नागरीकको जीवन रक्षा गर्नु सबैभन्दा महत्वपूर्ण काम हो ।
कोभिड १९ को रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सेभ द चिल्ड्रेनले प्रदान गरेको सहयोगको लागि धन्यवाद दिंदै महामारी नियन्त्रणका लागि भविष्यमा समेत थप समन्वयको अपेक्षा गर्दछौँ।”
“कोभिड–१९को संक्रमण रोक्ने र यो कठिन समयमा कर्णाली प्रदेशका बालबालिका तथा उहाँहरूका परिवारसम्म पुग्ने प्रदेश सरकारको प्रयासलाई सहयोग गर्न हामी प्रतिबद्ध छौँ,” सेभ द चिल्ड्रेन मध्य तथा सुदुरपश्चिम फिल्ड कार्यालयका कार्यक्रम प्रबन्धक, अरुण कान्त पौडेलले भन्नुभयो ।
सेभ द चिल्डे«नले ग्लोबल फण्ड अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा अक्सिजन कन्सनट्रेटर, आइ.सि.यू. बेड, पिपिई लगायत विभिन्न प्रकारका आधारभूत स्वास्थ्य सामग्रीहरू लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रादेशिक स्वास्थ्य पूर्वाधार व्यवस्थापन केन्द्रलाई यस अघि नै उपलब्ध गराई सहयोग गरिसकेको छ ।
सेभ द चिल्डे«न कोभिड–१९ महामारीको सुरुवाति अवस्थादेखि नै स्थानीय, प्रादेशिक तथा संघिय सरकारसँगको समन्वयमा कार्य गर्दै आइरहेको छ ।
अक्सिजन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराउनु र बालबालिका तथा उहाँहरूका परिवारले सुरक्षित रहन आवश्यक सूचना र जानकारी पाएका छन् भन्ने सुनिश्चित गर्नु अहिलेको हाम्रो मुख्य लक्ष्य रहेको छ ।
आउने महिनाहरूमा हामीलाई यस महामारीका कारण बालबालिकामा परेका दिर्घकालीन असर जस्तै मानसिक स्वास्थ्य, बालबालिकाको सुरक्षित शिक्षामा पहुँच आदि विषयहरूलाई सम्बोधन गर्ने उपायहरूको आवश्यकता छ,” सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक जेनिफर सइदले भन्नुभयो ।