वेबसाइट डेभलपमेन्ट सम्बन्धी कार्यशाला सम्पन्न

सुर्खेत
आइसिटि क्लब सुर्खेतले आयोजना गरेको वेबसाइट डेभलपमेन्ट सम्बन्धी तीन दिने अनलाइन कार्यशाला सकिएको छ । डिजिटल कर्णाली निर्माणमा टेवा पुर्याउने हेतुले उक्त कार्यक्रम गरिएको क्लवका अध्यक्ष टिकाप्रसाद ढकालले बताए ।
कार्यक्रममा क्यान महासघ कर्णालीका अध्यक्ष प्रेम प्रकाश चन्दले कर्णालीको बिकासको लागि आइटी क्षेत्रको भुमिका बिशेष हुने उल्लेख गरे ।


शिक्षा प्रबिधी नेपालका महासचिव उपेन्द्र मल्लले कर्णालीलाई आइटीमा अघि बढाउन कार्यक्रम निकै महत्वपुर्ण हुने धारणा व्यक्त गरे ।
यस्तै सस्थापक अध्यक्ष सुवास बिसीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । ९० जना सहभागी रहेको कार्यक्रममा ब्रेन हमालले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मितिः २३ जेष्ठ २०७८, आईतवार ०९:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *