महामन्त्री खड्काको पहलमा सुर्खेतमा ५० लाखको स्वास्थ्य सामाग्री

सुर्खेत
कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुर्खेतमा झण्डै ५० लाखको स्वास्थ्य सामग्री पठाएका छन् ।
प्रदेश अस्पताल, प्रदेश आयुर्वेद औषधालय, ५४ स्वास्थ्य संस्था र सवै स्थानीय तहलाई अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, माक्स, सेनिटाइजर, पल्स अक्सिमिटर पिपिई सेटजस्ता स्वास्थ्य सामाग्री पठाएका हुन् ।
लगानी पूर्वाधार, रोजगार दृष्टिकोण एवम् दीगो परियोजना केन्द्रीय विशेष समितिका सदस्य विष्णुबहादुर खड्काले उक्त सामाग्री सम्वन्धित संस्थालाई हस्तान्तरण गरेका छन् ।
प्रदेश अस्पताल सुर्खेतलाई १० थान ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर, आठ थान अक्सिजन फ्लोमिटर, १० लिटरको अक्सिजन कन्सन्ट्रेटर एक थान, सात हजार पाँच सय पिस माक्स, छ जर्किन सेनिटाइजर, पाँच थान पल्स अक्सिमिटर र १० जोर पिपिई सेट प्रदान गरिएको छ ।


महामन्त्री खड्काकै पहलमा प्रदेश अस्पताललाई नेपाल चिकित्सक संघमार्फत् प्राप्त १० लिटर क्षमताको दुई थान अक्सिजन कन्सन्ट्रेटर र चौधरी फाउण्डेशनद्वारा प्रदान गरिएको दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।
प्रदेश आयुर्वेद औषधालयलाई ७२ किलो जम्बो अक्सिजन सिलिण्डर १५ थान, १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर दुई थान, सात हजार पाँच सय पिस माक्स, पाँच हजार एमएलका १० जर्किन सेनिटाइजर, १० थान अक्सिजन फ्लोमिटर र १० थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ ।
यस्तै १० लिटर क्षमताको दुई थान अक्सिजन कन्सन्ट्रेटर र चौधरी फाउण्डेशनद्वारा प्रदान गरिएको दुई थान अक्सिजन कन्सन्टे«टर पनि आयुर्वेद औषधालयलाई हस्तान्तरण गरिएको थियो।
महामन्त्री खड्काले ७५ थान अक्सिजन सिलिन्डर, नौ थान अक्सिजन कन्सन्ट्रेटर, पाँच हजार एमएलका दुई सय जर्किन सेनिटाइजर, ४८ थान अक्सिजन फ्लोमिटर, २२ हजार छ सय पिस माक्स, ८४ थान पल्स अक्सिमिटर र १० पिस पिपिई सेट सुर्खेतका लागि उपलब्ध गराएका हुन्।
यी स्वास्थ्य सामाग्रीहरु कर्णाली प्रदेश अस्पताल, मेहलकुना अस्पताल, कर्णाली प्रदेश आयुर्वेद अस्पताल र मैनतडा आयुर्वेद अस्पतालका साथै ४७ वटा स्वास्थ्य चौकी, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र र नौ वटा पालिकाहरुलाई वितरण गरिने छ ।

प्रकाशित मितिः १२ असार २०७८, शनिबार १२:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *