नवनिर्मित विद्यालय भवनको उद्घाटन

जाजरकोट
जाजरकोट नलगाड नगरपालिका २ रिजामा रहेको जनक आधारभूत विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । राउड टेवल नेपालले निर्माण गरेको उक्त भवनको उद्घाटन राउड टेवल संस्थाका अन्तराष्टिय अध्यक्ष डिके सिहले गरेका थिए ।


नलगाडका युवा समाजसेवी लवकुश ओलीको पहलमा उ्रक्त भवन निर्माण भएको हो । उक्त भवन निर्माण गर्न डाडाँगाउँबासीले सक्दो साथ सहयोग गरेका थिए ।


झण्डै डेढ करोड रुपैयाको लागतमा निर्माण भएको उ्रक्त विद्यालय भवन जाजरकोटकै नमुना विद्यालय भवनको रुपमा रहेको छ ।


नवनिर्मित विद्यालय भवन उदघाटन गर्न डिके सिहसहित पाँच जनाको टोली हेलिकप्टेर चार्टर गरेर काठमाडौबाट सिधै डाडाँगाउँ पुगेको थियो ।


उक्त टोलीलाई गाउँलेले भव्य रुपमा सम्मान गरेको युवा समाजसेवी लवकुश ओलीले बताए । आगामी दिनमा पनि अरु ठाउँका विद्यालय भवनलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता डिके सिहँले जनाएका छन् ।

प्रकाशित मितिः १३ श्रावण २०७८, बुधबार ०७:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *