शैक्षिक विकृति विरुद्ध संर्घष

सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट अखिल (क्रान्तिकारी) सुर्खेत शैक्षिक विकृतिका विरुद्ध संर्घष गर्ने बताएको छ ।
बीरेन्द्रनगरमा भएको दोस्रो पुर्ण वैठकले शैक्षिक क्षेत्रका सरोकारवाला निकायसँग छलफल वहस र अन्तक्रिया गर्ने, इलाका सम्मेलन गर्ने, संगठनको मुखपत्र प्रकाशन गर्ने, शैक्षिक विकृति विरुद्ध संर्घष गर्ने निर्णय गरेको छ ।


बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रविले युवा विद्यार्थीले देश परिवर्तनको महासंग्रामको यात्रामा अविचलित भएर लाग्नु पर्ने बताए ।
उनले नेपालको राजनीतिक प्रणाली पुँजीवादीको अधीनमा रहेकाले यसको उचित विकल्प खोज्नु पर्नेमा जोड दिए ।
जिल्ला सचिव धुर्वले अहिलेको शिक्षा नीति विद्यार्थी, समाज, राष्ट्र र जनताको विरुद्धमा भएको तर्क गरे ।


यस्तै अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य प्रेम शाहीले शिक्षामा भएका तमाम खाले विकृति, विसङ्गति, असमान, अवैज्ञानिक, अव्यवहारिक, भ्रष्टिकरण, दलालीकरण विरुद्ध संर्घष गनु पर्ने बताए ।
उनले वैज्ञानीक समाजवादी शिक्षाको पक्षमा वृहतम वहस सृजना गर्नुपर्नेमा समेत जोड दिए । कार्यक्रम संगठनका सुर्खेत जिल्ला अध्यक्ष तुलराज तिरुवाको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मितिः २० श्रावण २०७८, बुधबार ११:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *