जाजरकोटमा तपाईको मास्क खोई ? अभियान

टुकमाया घर्ती
जजरकोट
कोभिड १९ को संक्रमण बढ्न थालेपछि जाजरकोटमा सोमबारदेखि ‘तपाईको मास्क खोई’  अभियान सुरु गरिएको छ ।
सबैलाई अनिवार्य रुपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो ।
मास्क प्रयोग नगर्ने, प्रयोग गर्न पनि अटेर गर्ने, मास्क विनै भीडभाडमा जाने प्रवृत्ति बढेपछि यो अभियान थालेको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले बताए ।
उनले भने, सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे कोभिडलाई जित्न सकिन्छ ।


जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अभियानमा मास्क नभएकालाई निःशुल्क दिने, मुख्य बजार, भीडभाड हुने क्षेत्रमा माइकिङ गर्ने र मास्क प्रयोग नगर्नेलाई एक सय रुपैयाँ जरिवाना गरिने बताएको छ ।
अभियानलाई जनस्वास्थ्य कार्यालय, प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, यातायात व्यवसायीलगायतले साथ दिएका छन् ।

प्रकाशित मितिः २५ श्रावण २०७८, सोमबार १२:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *