जाजरकोट
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नलगाड नगर कमिटीले लहँमा रहेको भानुभक्त माध्यामिक विद्यालय लहँलाई आर्थिक सहयोग गरेको छ ।
नेकपा जाजरकोट जिल्ला कमिटीका सदस्य तथा नलगाड नगर कमिटीका सह इञ्चार्ज प्रदीप ओली प्रशान्तले ९० हजार रुपैँया रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन ।
विद्यालयका प्रधानाध्यापक भक्तबहादुर ओली र व्यवस्थापन समितिका अध्यक्ष धुब्रराज गौतमलाई उक्त रकम हस्तान्तरण गरिएको नेकपाले जनाएको छ ।

विविध विषयवस्तुप्रति वृहत रुपमा छलफल गरि विद्यालयको भौतिक संरचना खरिद, मजदुरको पारिश्रमिक, शिक्षकको पारिश्रमिक लगायतका समस्या समाधान गर्न रकम सहयोग गरिएको सह इञ्चार्ज प्रशान्तले बताए ।
शिक्षक, बुद्धिजीवी, राजनैतिक दलका प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिको रोहवरमा उक्त रकम प्रदान गरिएको हो ।
उनले भने, आसा गरेका छ, यो रकम विधालयको हितमा लगानी हुनेछ ।
आर्थिक सहयोग पाएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुब्र गौतमले आर्थिक सहयोग गरेकोमा पार्टीलाई धन्यवाद दिदै सहयोग रकम सही रुपमा सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।