जाजरकोट
विप्लव निकट नेकपाको पहलमा जाजरकोटको नलगाड नगरपालिका वडा नं १३ मा रहको सिउन ग्याविङ पर्खाल आयोजना निर्माणमा सलग्न मजदुरले आफ्नो पारिश्रमिक पाएका छन् ।
४५ लाख रुपैयाको योजना निर्माणमा सलग्न मजदुरले ३ लाख १२ हजार रुपैया पाएका छन ।

नेकपा नलगाड नगर कमिटीका सह इन्चार्ज प्रशान्तले मजदुरहरुको वाकी १ लाख २० लाख रुपैया यही भदै १० गतेभित्र ठेकेदारले दिने प्रतिवद्धता जनाएको बताए ।
सय जना मजदुरले करिब ४ महिनासम्म काम गरेको रकम ठेकेदारले नदिएपछि पार्टीले उक्त पहल गरेको पनि उनले बताए ।
गरि करिब २२००० हजिरि रहेको र मजदुरले पैसा माग्दा आयोजना घाटामा लागेको र पारिश्रमिक नदिने बताउदै आएका थिए।