बद्री पन्त
जाजरकोट
जाजरकोट प्रहरीले डेढ साताको अवधिमा लागु औषध कारोरावरमा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा भेरी नगरपालिका ४ का २६ बर्षिय शान्तबहादुर विक, बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका १० स्थायी ठेगाना भई हाल जाजरकोट खलंगामा बस्ने २० बर्षिय रमन सिंह, भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ बर्षिय मूताविन अहमद, बाँके नेपालगञ्ज उपमहानगरपालिका ११ का २० बर्षिय उबेद खानर्, भेरी नगरपालिका २ डिगाका ५० बर्षिय चक्रबहादुर थापा र भेरी नगरपालिका ४ निवासी विजय भारतीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ५ केजी चरेस नियन्त्रणमा लिइएको जाजरकोटका प्रहरी प्रमुख मधुकुमार थापाले बताउनु भएको छ । पक्राउ परेका सवैलाई अदालतबाट म्याद थपाएर अनुसन्धान भैरहेको थापाको भनाइ छ ।