सुर्खेत
नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले भेरी कर्णालीमा आफ्नो सक्रियता बढाएको छ । अखिल क्षेत्रीय समन्वय समितिले २२ औ राष्ट्रिय सम्मेलनलाईे सफल बनाउन कार्यक्रम तिव्र पारिएको हो ।
क्रान्तिकारीको आउँदो असोज ६, ७ र ८ गते पोखरामा रास्ट्रिय सम्भेलन हुदैछ । सम्मेलन तयारीको लागि बाँकेमा भएको भेरी कर्णाली क्षेत्रीय समन्वय समितिको तेस्रो पुर्ण बैठकले क्रान्तिकारीले जयसिहं धामीको हत्या र भारतीय हस्ताक्षपका विरुद्ध विरोध प्रर्दशन, वाँकेको नगर भेला, मध्यपश्चिम अञ्चल विश्वबिधालयको तेस्रो पुर्ण बैठक गरेको छ ।
यस्तै क्रान्तिकारीको जाजरकोट जिल्लाको ऐतिहासिक तेस्रो पुर्ण बैठक, भेरी कर्णालीका जिल्लाहरुमा प्रचार प्रसार भेला सम्मेलन र राष्ट्रिय सम्मेलनको नाराहरु लेख्ने कुरा तिब ्ररुपले अघि बढेको समन्वय समितिका संयोजक प्रेम शाहीले बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा बाँके, बर्दिया, डोल्पा जिल्ला इन्चार्ज उदय बहादुर चलाउनेले राष्ट्रिय राजनीतिमा देखिएको समस्या उनकै शव्दमा दलाल पुजीवादी संसदिय व्यवस्थाको उपहार भएको बताए ।
अखिल क्रान्तिकारी केन्द्रिय सचिव सन्तोसी भट्टराईले वर्तमान शिक्षामा देखिएको समस्या र समाधानको बिकल्प खोज्न्ने हाम्रो जिम्मेवारी भएको उल्लेख गरे कार्यक्रमा बाँके जिल्ला सेक्रेटरी अनिल, बर्दिया जिल्ला सेक्रेटरी गणेश, विशेष समितिका सदस्य हिमसिखर लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रमको अध्यक्षता २२ औ राष्ट्रिय सम्भेलन आयोजक समिति सदस्य तथा भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक प्रेम शाहीले गरेका थिए ।