सई नारायण शर्मा सर्वोत्कृष्ट प्रहरी

सुर्खेत
प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक सई नारायणप्रसाद शर्मा उत्कृष्ट प्रहरी भएका छन् । ईलाका प्रहरी कार्यालय जयनगर बर्दिया दरवन्दी भएका उनी अहिले प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । उनी श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै शर्मालाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।


कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी गणेशबहादुर ऐरले शर्मालाई उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरेका छन् ।
अपराध नियन्त्रण, लागू औषध बरामद र फरार प्रतिवादी पक्राउ गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः १ आश्विन २०७८, शुक्रबार १४:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *