रेडपाण्डाको छालासहित जाजरकोटमा एक जना पक्राउ

टुकमाया घर्ती

जाजरकोट
जाजरकोटमा रेडपाण्डाको छाला सहित बारेकोट गाउँपालिका–५ नायकवाडाका लोकेश परियार पक्राउ परेका छन ।

रेडपाण्डाको छाला बिक्री गर्न नलगाड नगरपालिका ५ कालीमाटीस्थित होटलमा ल्याई आएको छ भन्ने गोप्य सूचनाको आधारमा उनलाइ पक्राउ गरिएको डिएसएपी मधुकुमार थापाले बताए ।

होटलको माथिल्लो तलाको २ नम्वर कोठा भित्र लोकेश परियार र उनको साथमा रहेको झोला खान तलासी गर्दा ४२ ईन्च लम्वाई भएको ठुलो छाला थान १ र टाउको नभएको २२ ईन्च लम्वाई भएको सानो छाला थान १ फेला परेको हो ।

पक्राउ परेका परियारमाथी थप अनुसन्धान भई रहेको र आवश्यक कार्वाहीको लागी जिल्ला वन कार्यालय जाजरकोटसंग समन्वय भई रहेको डिएसपी थापाले बताए ।

प्रकाशित मितिः ४ आश्विन २०७८, सोमबार ०५:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *