सुर्खेत –मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलवार एक जना मन्त्री थप गरेका छन् । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का सांसद चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उनले मंगलवार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।
तीन दलीय गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर गठबन्धनभित्र मन्त्रालय भागबन्डामा सहमति हुन नसक्दा मन्त्रीपरिषद् विस्तार हुन सकेको थिएन ।