बद्री पन्त
जाजरकोट
जाजरकोटमा बस दुर्घटनाका घाइते १४ जनालार्य थप उपचारको लागि नेपालगंज लगिएको छ ।
गंभीर घाइते नलगाड ४ की आस्था वली, कुशे ९ का बीरबहादुर नेपाली, उनको श्रीमती देवीसरा, छोरा पचण्ड, आठबीसकोट नगरपालिका ४, गोतामकोटका सरोज शाही र सोही ठाउँकी धर्मी मल्ललाई हेलिकप्टरबाट शिक्षण अस्पताल नेपालगंज रिफर गरिएको छ ।
अन्य ८ जनालाई गाडीमा नेपालगंज पठाइएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले बताउनु भयो ।
सामान्य घाइते कुशे ९ की गिता नेपाली र नलगाड ४की हजारी वलीको जाजरकोट अस्पतालमा उपचार चलिरहेको छ ।
१३ जना सामान्य घाइतेहरु उपचार पछि निको भएर घर फर्केका जाजरकोट अस्पतालका डाक्टर पुष्प श्रेष्ठले बताउनु भएको छ ।
नेपालगंज लगिएका ६ जनाको अबस्था गंभीर रहेको छ ।
बस दुर्घटनामा कुशे गाउँपालिका, नलगाड नगरपालिका, पश्चिम रुकुम आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सप्तरीका स्थानीय रहेका जाजरकोट प्रहरीले जनाएको छ ।
नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका १३, कुदु स्थित बराहचौरनजिक दुर्घटना भएको थियो ।
बसमा ३४ जना यात्रु सवार रहेका थिए । बस तिब्रगतीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जाजरकोट छिन्चु सडकमा २०७२ मंसिर ४ मा भेरी नगरपालिका १० को राउतगाउँमा बस भेरीमा खस्दा ५४ जना, २०७४ माघ २६ मा भेरी नगरपालिका ४ बोराभीरमा बस दुर्घटना हुदा २७ जनाले ज्यान गुमाएका थिए ।