कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत

सुर्खेत
मुख्यमन्त्री भएको एक महिनापछि कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् ।
बुधवार प्रदेश सभामा उनले विश्वास हासिल गरेका हुन् ।
मुख्यमन्त्रीले प्रदेश सभामा विस्वासको मत हासिल गरेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन ।
काँग्रेस संसदिय दलका नेता शाहीलाई काँग्रेसका ६, माओवादी केन्द्र १२, नेकपा समाजवादीका ३ र राप्रापकी सासद शोसिला शाहीले पक्षमा मतदान गरेका थिए ।
शाहीको पक्षमा कुल २२ मत र विपक्षमा शुन्य मत परेको थियो । विपक्षी नेकपा एमाले वैठकमा अनुपस्थीत भएको छ ।


चितवनमा भैरहेको राष्ट्रिय महाधिवेशनमा गएकोले आफ्ना सासद बैठकमा उपस्थित हुन नसकेको नेकपा एमालले जनाएको छ ।
काँग्रस संसदिय दलका नेता शाही गत कात्तिक १६ गते काँग्रेस, माओवादी र समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
काँग्रेससँगको सहमति पालना गदै माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि उनी मुख्यमन्त्री भएका थिए ।
नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि प्रत्यक्षतर्फ एक सिट जितेको काँग्रेसको काँधमा कर्णाली प्रदेशको बागडोर आइपुगेको हो ।
प्रदेशसभामा अहिले एमालेका सभामुखसहित १३ जना, माओवादी केन्द्रका १२ जना, कांग्रेसका ६ जना, नेकपा एकीकृत समाजवादीका ३ जना र राप्रपाका एक जना जना गरी ३५ जना सांसद छन् ।

प्रकाशित मितिः १५ मंसिर २०७८, बुधबार १४:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *