सुर्खेत
कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस नेपालको ‘मियो’ पार्टी भएको बताए । बिहीबार पार्टीको प्रथम कर्णाली महाधिवेशन उद्घाटन गर्दै महामन्त्री खड्काले काँग्रेसलाई जनताको साथी पार्टी बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने नेताहरुले गर्ने व्यवहार, बोल्ने बोली र बचनबाट जनता कांग्रेसबाट टाँढिए ।
‘पार्टी बचाएर बसेका कार्यकर्ता र जनताको कांग्रेसप्रति ठूला गुनासा नभएको उल्लेख गदै उनले ‘नेता र नेतृत्वमा रहेका रहेकाहरुले बोली, बचन र व्यवहारमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए ।
महामन्त्री खड्काले ‘दुई तिहाईको कम्युनिष्टको बलसाली सरकारलाई कर्णालीबाट ढाल्न सफल भएको दावी गरे ।
कार्यक्रमका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले काँग्रेस विना परिवर्तन असम्भव भएको बताए । उनले भने काँग्रेसले नै जनताको अधिकार ल्याउन र लोकतन्त्रका ल्याउन संर्घष गरेको बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लाका पार्टी सभापतिसहित अग्रज नेताहरुले आफ्नो भनाई राखेका थिए ।