यातायात भाडामा सहुलियत दिर्ने सहमति कार्यान्वयन गर्न क्रान्तिकारीको माग

सुर्खेत
नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सार्वजनिक यातायातमा यात्रा गर्दा विद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका व्यक्ति भाडामा सहुलियत दिने भनि गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
कानुनी रुपमा दिएको सहुलितय  प्रभावकारी कार्यान्वयन नभएको भन्दै क्रान्तिकारीले उक्त सहुलितय दिने व्यवस्था कडाईको साथ कार्यान्वयन गर्न माग गरेको हो ।
कर्णालीका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराउदै सरकार र संयुक्त विद्यार्थी संगठनवीच भएको सहमति कार्यान्वयन गनु पर्नेमा जोड दिएको छ ।


क्रान्तिकारीका कर्णाली प्रदेश इन्चार्ज प्रेम शाहीले आफ्नो संगठनले राखेका जायज मागहरु सरकारले पुरा गर्नुपर्ने बताए ।
यातायातमा विद्यार्थीलाई ४५, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत भाडामा सहुलियत दिर्ने सहमति कार्यान्वयन नभए देशव्यापी आन्दोलनमा उर्तिने चेतावनी समेत उनले दिए ।
गुणस्तरहिन र मापदण्ड नाघेका यातायात साधन संचालनमा रोक, दुर्घटना रोक्न सडक निर्माण तथा मर्मत गरिनुपर्ने, सवै जिल्लाका सार्वजनिक स्थानहरु व्यवस्थित र मर्यादित बनाउन पनि क्रान्तिकारीले जोड दिएको छ ।
यस्तै छात्राहरुको आत्मरक्षाका लागि एक विद्यालय एक छात्रा तालिम केन्द्रको व्यवस्था गर्न पनि क्रान्तिकारीले जोड दिएको छ ।

प्रकाशित मितिः ९ पुष २०७८, शुक्रबार ०५:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *