दीपेन्द्र शर्मा, जाजरकोट
जाजरकोट नलगाड नगरपालिका–६, का पाँच वटा विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
युवा समाजसेवी प्रणय विक, प्रविण विक, प्रकाश विक लगायतको पहल र अग्रसरतामा ६ सय ९ जना विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
विभिन्न व्यक्तिहरुले आफुहरुको अभियानमा साथ दिदै विभिन्न शैक्षिक तथा सरसफाई सामाग्रीहरु सहयोग गरेको बताए ।
दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढनको लागि प्रेरित गर्ने उदेश्यले शैक्षिक सामाग्री सहयोग गरिएको युवा समाजसेवी प्रणय विकले बताए ।
निर्मल ज्योति आधारभूत बिद्यालय थाप्लाका १८०, बीरेन्द्र आधारभूत विद्यालय भारगाउँका ९८, कालिका आदर्श आधारभूत विद्यालय गर्छिनाका १६३, जनप्रिय आधारभूत विद्यालय पिउलीका १०९ र सिता आधारभूत विद्यालय गराग्लीका ५९जना विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य समाग्री प्रदान गरिएको छ ।
कार्यक्रमको संयोजन गरेका उनले आगमी दिनमा आफुले आफ्नो गाउँको विकास र समृद्धिको लागि सहयोग गरिरहने प्रतिवद्धता पनि व्यक्त गरे ।
एक वर्षअघि देखि नै विद्यालयलाई सहयोग गर्ने योजना आफ्नो समुहले बनाएको उल्लेख गदै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने उनले बताए ।
यो सहयोगले एकै पटक शिक्षाको गुणस्तरमा सुधार आउने त हैन्, उनले भने, तर गुणस्तर सुधारमा एउटा इट्टा भने पक्कै थप्ने छ ।
अभियानका संयोजक प्रणयले गुणस्तरीय शिक्षा नै कर्णालीको आवस्यकता भन्ने अभियानलाई सफल बनाउन सहयोग गर्न सहयोगी हातहरुलाई आभार व्यक्त पनि गरेका छन् ।
कार्यक्रम गर्न उत्प्रेरणा दिएका बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार प्रकाश पन्तले शैक्षिक गुणस्तर सुधारमा सरोकारवाला नियकायलाई झक्झक्याउन शैक्षिक सुधारको अभियान थालेको बताए ।
शिक्षा भन्दा ठुलो कुरा अरु केही नभएको उल्लेख गदै पत्रकार पन्तले आफुले दुख गरेर पनि आफ्ना छोराछोरीलाई पढाउन अभिभावकहरुलाई आग्रह गरे ।
दुर्गम क्षेत्रका विद्यालयलाई नमुना विद्यालय बनाउन र वालबालिकालाई पढाईप्रति रुची बढाउन सक्दो सहयोग गदै आइरहेको पनि उनले उल्लेख गरे ।
दुर्गमका विद्यालय र त्यहाँ पढने अति विपन्न समुदायका वालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको छ, उनले भने विगत र वर्तमान जस्तै आउने दिनहरुमा सहयोग गर्नेछौ ।
शैक्षिक समाग्री सहयोग कार्यक्रका आयोजक समाजसेवी जुहारीलाल सुनारले शिक्षाको गुणस्तर सुधारको लागि सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।
युवा समाजसेवजी प्रकाश विकले आफ्ना छोराछोरीको शिक्षादीक्षामा विशेष चासो र चिन्ता राख्न अभिभावकहरुलाई आग्रह गरे ।शैक्षिक र स्वास्थ्य सामग्री पाएपछि विद्यालय र विद्यार्थीहरु खुशीले गदगद भएको नेपाल यूवा परिषद जाजरकोटका संयोजक प्रविन विकले बताए ।
झोला, भलिवल, नेट, पम्प, कापी, कलम, शुद्ध पानी पिउनको लागि ड्रम, फोहर व्यवस्थापनका लागि कुहिने र नकुहिने डस्विन,माक्स, ब्रस, मञ्जन, हेर्दै खेल्दै, सिक्दै पढ्दै गर्ने सामाग्री, चित्रकलाका सामाग्री, कुर्सीलगायतका शैक्षिक तथा स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा युवा समाजसेवी दीपेन्द्र शर्मा, निर्मलज्योति आधारभूत विद्यालय व्यवस्थापन थाप्लाका व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर खड्का, प्रधानाध्यापक भीमबहादुर ओली, समाजसेवी नारायण खड्का, मालबहादुर खड्का, वडानम्वर ६ का वडासदस्य धनबहादुर पुन, बीरेन्द्र आधारभूत विद्यालय भारगाउँका प्रधानाध्यापक रस्त पुन, सीता प्राथमिक विद्यालय गराग्लीका व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर रावत, प्रधानाध्यापक बीरबहादुर बिष्ट, कालिका आर्दश आधारभूत विद्यालय गर्छिनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीतली बुढा, प्रधानाध्यापक पूर्णबहादुर नेपाली, समाजसेवी तिलक बुढा, जनप्रिय आधारभूत विद्यालय पिउलीका प्रधानाध्यापक बलबीर नेपाली, समाजसेवी देबबहादुर रावल, हासीलाल खड्का, धनरुपा विक लगायतले विद्यालय र विद्यार्थीलाई सहयोग गरेकोमा युवा टिमप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रमको आयोजना नेपाल यूवा परिषद जाजरकोट र समाजसेवी जुहारीलाल सुनारले संयुक्त रुपमा गरेका थिए ।