करैखोलामा निशुल्क स्वास्थ्य शिविर

सुर्खेत
लाइन्स क्लव अफ सुर्खेत भ्यालीली बीरेन्द्रनगर नगरपालिका -१३, करैखोलामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
शिविरमा ७३ जना महिला र ३५ जना पुरुष गरी १ सय ८ जनालाई निशुल्क स्वास्थ्य जाँच र औषधी वितरण गरिएको क्लवका अध्यक्ष सुन्दर पन्तले बताए ।
शिविरमा डा. शान्तम भट्टराई, निधि थापा र अन्जली रेग्मीले विरामीको उपचार गरेका थिए ।


कार्यक्रममा वडा नम्वर १३ का वडाध्यक्ष भुपेन्द्र दलामीले घरदैलोमै आएर गरिएको स्वास्थ्य शिविरले धेरैलाई सजिलो भएको बताए ।
कार्यक्रमा डिष्ट्रिक एजुकेटिभ चिफ लायन टीकाराम चपाई,  हनर डिष्ट्रिक एडभाईजर कमल नेपाल, सुश्मा गिरी र ज्योति पौडेलले सामाजिक सेवाका कामहरुलाई लाइन्स क्लव अफ सुर्खेत भ्यालीले सधैँ प्राथमिकता दिदै आएको बताए ।
करेखोला माध्यामिक विद्यालयमा भएको स्वास्थ्य शिविर सामाजिक विकास मन्त्रालय र स्वास्थ्य सेवा निर्देशनालयको समन्वयमा भएको अध्यक्ष पन्तले बताए ।

प्रकाशित मितिः २९ फाल्गुन २०७८, आईतवार ०५:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *