वडाध्यक्षका उम्मेदवार जुहारीलाल सुनार को हुन ?

दीपेन्द्र शर्मा

नलगाड नगरपालिका वडा नम्वर -६ का वडाध्यक्षका उम्मेदवार जुहारीलाल सुनार वुवा मकदुल सुनार र माता जगत कुमारी सुनार जेष्ठ पुत्रको रुपमा २०२० सालमा जन्मिएका थिए ।
सानैदेखि समाजसेवामा लागेका उनी काँग्रेसभित्र बैद्धिक, इमानदार र निष्ठावान नेताको रुपमा चिनिन्छन् ।
उनी २०४६ सालबाट बहुदलीय व्यबस्था आएपछि काँग्रेसबाट प्रभाबित भएर नेपाली राजनीतिमा सक्रिय भएका थिए ।
उनी २०४९ सालको चुनावमा साविकको लहँ गाविस १ भारगाउँबाट वडाध्यक्ष उम्मेदवार निर्बिरोध निर्बाचित भएका थिए ।
त्यतिवेला उनले आफ्नो पाँचवर्षे कार्यकालमा वडाको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
उनले त्यो वेला वडामा खानेपानी आयोजना, वडा भरी गोरेटो बाटो, विद्यालय भवन निर्माण, विद्यालय घेराबार निर्माण गरेका थिए ।
यस्तै जग्मा नापी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा विकास गरेका थिए ।


समाजमा सुशासन कायम, असल न्याय, पौढौ शिक्षाको थालनी,
उन्नत कृषिमा योगदान, बाख्रापालन, गाईपालन र भैसीपालन गर्ने किसानलाई पोत्साहन गरेका थिए ।
वडाध्यक्षका उम्मेदवार सुनारले गाउँका विरामीलाई निरन्तर रुपमा उपचारको लागि सहयोग, केही महिनाअघि गुणस्तरीय शिक्षाको लागि वडाभित्रका सवै विद्यालय र विद्यार्थीलाई शैक्षिक सामाग्री र झोला वितरणजस्ता पनि कार्यक्रम गरेका थिए ।
लामो समयदेखि समाज सेवामा सक्रिय हुँदै आएकोले यसपालीको चुनावमा पनि जनताले उनलाई साथ दिने गाउँलेहरु बताउँछन् ।

प्रकाशित मितिः १७ बैशाख २०७९, शनिबार १४:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *