दिपेन्द्र शर्मा
प्रदेश अस्पताल सुर्खेतले हेड इन्जुरी (टाउको) र स्पाइनल इन्जुरी (ढाड) का विरामीलाई एक लाख रुपैयासम्मको निशुल्क सेवा सुरु गरेको छ ।
अस्पतालमा न्युरो सर्जरी सेवा सुरु भएको बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक प्रध्यापक डाक्टर डम्वर खड्काले यस्तो जानकारी दिएका हुन ।
उनले अस्पतालले गत चैत्र महिनाको एक गतेबाट थालेको यो सेवाबाट कर्णालीका विपन्न नागरिकलाई ठुलो राहात हुने बताए ।
न्युरो सर्जन सेवा विस्तार गर्ने क्रममा एक लाख रुपैयाको निुशल्क सेवा पनि थालेका छौ, उनले भने, कमजोर आर्थिक अवस्था भएका विरामीलाई यसले ठुलो राहात दिन्छ ।
न्युरो सर्जन सेवा सुरु भएको एक वर्षको अवधिमा पाँच सय भन्दा बढीले ओपिडी सेवा लिएको अस्पतालले जनाएका छ । बरिष्ठ न्युरो सर्जन डाक्टर निलककुमार खड्का आएपछि अस्पतालले गतवर्षदेखि न्युरो सर्जरी सेवा संचालन गरेको थियो ।
काठमाडौको बीर अस्पतालमा कार्यरत डाक्टर खड्का दुर्गम ठाउँमा पनि सेवा दिनु पर्छ भन्ने भावना वोकेर गतवर्ष प्रदेश अस्पताल सुर्खेत आएका थिए ।
उनकै पहलमा अस्पतालमा न्युरो सर्जरी सेवा थालिएको हो । बर्षदिनको अवधिमा हेड इन्जुरी ठाउँको र स्पाइनल इन्जुरी ढाडका ७९ जना विरामीलाई आइसीयूमा राखेर उपचार गरिएको छ ।
बरिष्ठ न्यरो सर्जन डाक्टर खड्काले दुर्गमबासीको सेवा गर्न सुर्खेत आएको बताए । उनले भने, पैसा कमाउन हैन, कर्णालीका नागरिकलाई घरदैलोमै न्युरो सर्जरी सेवा दिन प्रदेश अस्पताल आएको हुँ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले प्रदेश अस्पतालमा न्युरो सर्जरी सेवा थालनी गर्ने डाक्टर निलमलाई कर्णालीबासीले युगौयुगसम्म सम्झिरहने बताए ।
उनले प्रदेश अस्पतालमा न्युरो सर्जरी सेवालाई अझ विस्तार गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा न्युरो सर्जरी विभागका डाक्टर निर्मल रसाइली, नर्सिड अधिकृत प्रभा रावललगायतले न्युरो सर्जरी सेवाको वारेमा जानकारी दिएका थिए ।