सुत्केरीकाे मृत्यू

टुकमाया घर्ती
जाजरकोट
कुशे गाउँपालिका–५ जरगाउँमा सोमबार एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
विहान ७ बजे घरमै सुत्केरी भएकी महिलाको आज दिउसो १२ बजेतिर मृत्यु भएको हो ।विहान ७ बजेतिर घरमै सुत्केरी भएर छोरा जन्माएकी कुशे गाउँपालिका–५ जरगाउँकी नारायणकली रोकायको दिउसो १२ बजेतिर मृत्यु भएको स्थानीय तारा खड्काले जानकारी दिएकी छन् ।
समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको भनाई रहेको छ ।
सुत्केरी भएको ५ घण्टा पछि मृत्यु भएकी नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन खड्काले भनिन्–‘स्थानीय मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा साल खसेको भएता पनि नारायणकलीको ज्यान जोगिन सकेन ।’
अन्दाजी ३० बर्षिय नारायणकलिका श्रीमान जय बहादुर रोकाय हुन् ।
उनका दुई छोरी र एक छोरा थिए । चौथो सन्तान छोरा जन्माई सकेपछि नारायणकलीको ज्यान गएको हो । नवजात शिशुको स्वास्थ्य अबस्था भने सामान्य रहेको तारा खड्काले बताएकी छन् ।
Seen by Maya Gharti at May 30, 2022 at 7:34 PM
प्रकाशित मितिः १४ असार २०७९, मंगलवार ११:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *