सुर्खेत
कर्णालीमै पहिलो पटक एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले कक्षा १२ मा अध्ययनरत आफ्ना छात्रछात्राका लागि नियमित कक्षासग सँगै मेडिकल र इन्जिनियरिङ्का पूर्व तयारी कक्षाहरु संचालन गरेको छ ।
एमबिबिएस, बिडिएस, बिएम, कृषि, वन र इन्जिनियरिङका विभिन्न तयारी कक्षाहरु शैक्षिक शत्रभरि नै सचालन हुने विद्यालयका निमित्त प्राचार्य हरिहर बस्नेतले बताए ।
बालबालिकाहरुको भविष्यलाई लिएर विद्यालय सधँै चिन्तित रहेको र उनीहरुको योजना अनुरुपका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकोले यो कार्यक्रम पनि त्यसकै निरन्तरता भएको उनको दावी छ ।
तयारी कक्षाको शुभारम्भ गर्दै एसओएस बालग्राम सुर्खेतका निर्देशक तथा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष गोपालप्रसाद घिमिरेले यसले विद्यार्थीलाई आफ्नो रुचीको विषय पढन ठुलो सहयोग गर्ने बताए ।
उनले कार्यक्रमको पूर्ण सफलताको कामना गदै विद्यार्थीलाई बढी भन्दा बढी लाभ लिन पनि सुझाव दिए ।
प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ सर्जन डा.अमृत बन्जाराले निरन्तरको प्रयत्नले सफलता प्राप्त हुने भन्दै विद्यार्थीले सधैँ आफ्नो योजना तयार गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश पन्तले विद्यालयले एकदमै नयाँ र नौलो कार्यक्रम ल्याएर विद्यार्थीलाई सही मार्ग निर्देशन गरेको भन्दै अरु विद्यालयले पनि एसओएसबाट सिक्नु पर्नेमा जोड दिए ।
विद्यालयका शिक्षक गंगाराम खड्काले सहजीकरण गरेको कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरु उपस्थिति थिए ।