राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट नलगाड ४ मा विद्यालय भवन निर्माण

जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका ४ मानचौरमा रहेको जन जागरण प्राथामिक विद्यालयको २ कोठे भवन निर्माण भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाख रुपैंयाको लागतमा भवन निर्माण भएको वडाध्यक्ष बद्री पन्तले बताए ।


विद्यालय भवन बनेपनि घेरावार र फिल्डको अभाव रहेको पनि वडाध्यक्षले बताए । जीर्ण भवनमा पठन पाठन हुदै आएकोमा नयाँ भवन बनेपछि बालवालिकाहरुलाई राम्रो सुविधा पग्ने आशा राखेको अभिभावक चन्द्रबहादुर खत्री बताउँछन् ।

प्रकाशित मितिः ३१ असार २०७९, शुक्रबार ०७:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *