काँक्रेविहार जंगलमा हजार विरुवा रोपियो

सुर्खेत
सुर्खेतको काँक्रेविहार जंगलमा एक हजार विरुवा रोपिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अगुवाई र सामाजिक अभियन्ता डा. नवराज केसीको पहलमा शनिवार काँक्रेविहार जंगलमा विभिन्न जातका विरुवाहरु रोपिएको हो ।


विरुवा रोपनको सुरुवात गदै मुख्यमन्त्री शाहीले भावि पुस्ताको लागि विरुवा रोप्नु आवश्यक रहेको बताए ।
विरुवा रोपौ अक्सिजन जोगाउ भन्ने नारासहित काँक्रेविहार मन्दिरको दक्षिण क्षेत्रमा सिसो, तिजु, वेल, खयरलगायत विभिन्न जातका हजार विरुवा रोपिएको सामाजिक अभियन्ता डा. नवराज केसीले बताए ।

विरुवा रोप्दै डा. रुपक कँडेल

हरेक बर्ष झै यसवर्ष पनि विभिन्न ठाउँमा विरुवाहरु रोप्ने क्रम चलिरहेको पनि उनले बताए ।
सुर्खेत उद्योग बाणिज्य संघ, नेपाल चिकित्सक संघ, ग्रिन एण्ड क्लिन अभियान सुर्खेत, सुर्खेतका सवै लाइन्स क्लवहरुको आयोजना र वन डिभिजन कार्यालय सुर्खेत, कर्णाली केयर अस्पताललगायतको समुन्वयमा बृक्षारोपन कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः १ श्रावण २०७९, आईतवार ०६:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *