जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ४ को औलमा कालिका भगवतीको मन्दिर निर्माण सम्पन्न भएको छ । मुख्यमन्त्री स्वरोजगार कार्यक्रमको ६ लाख रुपैंया लागतमा उक्त मन्दिर निर्माण भएको वडाध्यक्ष बद्री पन्तले बताए ।
मन्दिर बनेपछि औलबासीमा खुसी छाएको छ । स्थानीयको मन्दिर बनाउने सपना पुरा भएको छ । मन्दिरसम्म पुग्ने सहज बाटो तथा मुर्ती, घण्टको व्यवस्थापन आवश्यक रहेको पनि अध्यक्ष पन्तको भनाइ छ ।