सार्कीको परिवारलाई एक लाख सहयोग

indexराराखवर संवाददाता
सुर्खेत, १६ जेठ ।
वनमा लागेको आगो निभाउने क्रममा ज्यान गुमाउनु भएकी नैनसरा सार्कीको परिवारलाई जिल्ला वन कार्यालय सुर्खेतले आर्थिक सहयोग गरेको छ ।
अवलचिङ्ग गाविस–९ मा रहेको वीउरे चाद्र्रके सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा ज्यान गुमाउनु भएकी सार्कीको परिवारलाई कार्यालयले नगद एक लाख रुपैया सहयोग गरेको जनाएको छ । वनमा लागेको आगो निभाउने क्रममा गत फागुन महिनाको १० गते घाइते हुनु भएकी सार्कीको गएको बैसाख २९ गते उपचारको क्रममा मृत्यु भएको थियो । आगलागिवाट घाइते हुनु भएकी नैनसराको उपचारको क्रममा सुक्ष्मा मेमोरियल कलेज काठमाडौमा निधन भएको वन कार्यालयले वताएको छ । भेरी अञ्चल अस्पताल नेपालगंजमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारको लागि काठमाडौ लगिएको थियो ।
सामुदायिक वनकी उपभोक्ता समेत रहनु भएकी सार्कीका श्रीमान लोकवहादुर सार्कीलाई सहयोग स्वरुप नगद हस्तान्तरण गरिएको जिल्ला वन अधिकृत हेमराज विष्टले वताउनु भयो । उहाँले ३ वटा वच्चाको लालनपालनमा सहयोग पुगोस भन्ने उदेश्यले वनका कर्मचारी र विभिन्न सामुदायिक वनवाट संकलन गरेर सहयोग गरेको जानकारी दिनुभयो । जिल्ला दैविक प्रकोप उद्दार समितिले प्रदान गर्ने आर्थिक सहयोगको लागि पनि पहल गरिरहेको वन अधिकृत विष्टले उल्लेख गर्नुभयो । दैविक प्रकोप उद्दार समितिले ४० हजार रुपैया सम्म सहयोग गर्न सक्ने वताएको छ ।
वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले मृतक सार्कीका श्रीमानलाई नगद हस्तान्तरण गर्नु भएको हो ।

प्रकाशित मितिः १६ जेष्ठ २०७३, आईतवार १२:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *