जाजरकोट
जाजरकोट नलगाड नगरपालिका- ४, सिस्नेरीकी ३५ बर्षिया सुनिता विकलाई यतिवेला दैनिक छाक टार्नै मुस्किल भएको छ । चार छोराछोरी कसरी पाल्ने भन्ने चिन्ताले उनलाई पिरोल्ने गरेको छ ।
श्रीमान दिपक विक एक बर्ष अघि भारतको बागेश्र भन्ने ठाउँमा मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि सुनिता १२ बर्ष पछि घर फर्केकी छन् । छोरा सुन्दर, सुनिल र छोरी पूनम र राधिका साथमा छन ।
उनीहरुलाई अहिले दैनिक गुजरा चलाउनै मुस्लिक छ । अहिले उनी भत्केको घरमा जोखिम मोलेर बसेकी छिन । श्रीमानको मृत्यु भैइसक्यो, उनी भन्छिन, चार जना छोराछोरी कसरी पाल्ने, खाने एक मुठी अन्न छैन । बस्ने घर पनि भत्केको छ ।
यसैवीच नलगाड नगरपालिका ४ का वडाध्यक्ष अध्यक्ष बद्री पन्त सोमबार घरमै पुगेर ३० किलो चामल दिएका छन् । सुनिताको अवस्थाबारे जानकारी पाएपछि घरमै पुगेर चामल सहयोग गरेको वडाध्यक्षले चामल दिएको वडासचिव सुरेन्द्र रावलले बताए ।
सुनितालाई घर छुने टिनसहित थप राहतको लागि पहल गर्ने प्रतिवद्धता पनि गरिएको पनि उनले बताए । दुखमा परेका जनतालाई वडा सरकार हेर्छ अध्यक्ष पन्तले भने, तपाइहरुको सेवाकै लागि वडा सरकार छ, चिन्ता नलिनु होला । समस्या पर्दा खवर पाउँ वडा सरकारले सहयोग गछौ ।