माया घर्ती
शुक्रबार जाजरकोट नेपाल कम्यूनिष्ट पार्टी विप्लव जाजरकोटका कार्यकर्ताले जिल्ला स्वास्थ्य कार्यालयमा खानेपानी पु्याउन श्रमदान गरेका छन ।
स्वास्थ्य कार्यालयमा खानेपानीे समस्या भएपछि अस्पतालमा आउने विरामीले निकै सास्ती भोगिरहेका वेला उनीहरुले श्रमदान गरेका हुन । बिरामी , बिरामी कुरुवा,क्वाटरमा बस्ने डाक्टर तथा कर्मचारीहरु, भवन बनाउने काममा निकै सास्ती खेपिरहेका छन् ।
बर्षा लागेपछि पानीको पाइपमा ढुंगाआएर पुरिदिने गर्छ । पानी नियमित नआउदा सुत्केरी ,अपरेसन ,सरसफाइ , लुगाफाटो धुन,शौचालयमा पानीको समस्या रहेको स्वास्थ्य कार्यालयकी कार्यालय सहयोगी पवित्रा डागीले बताइन ।
उनी भन्छिन, पानी बिर्गिएपछि पानी लिन टाढा टाढा जानुपर्छ । बाहिरबाट बोतलको पानी किन्नुपर्ने बाध्यता छ ।
स्थानीय सरकार, अस्पताल प्रशासनले वेवास्ता गर्दा अस्पताल आउने विरामीलाई खानेपानीको एकदमै समस्या भएपछि अस्पतालमा पानी पुरयाउने लक्ष्यका साथ जनश्रमदान गरिरहेको नेकपा भेरी कमिटीका इन्चार्ज विराजन शाहीले बताए ।
उनले भने, श्रमदान मार्फत अस्पतालमा खानेपानी पुर्याउने लक्ष्य लिएका छौ । पानी पुगेपछि अस्पतालका कर्मचारी, विरामी कुरुवा वोतलको पानी किन्नु पर्ने बाध्यता हटने छ । खानेपानीको अभावमा बिरामीलाई झनै समस्या परेको छ । खानेपानी कार्यालयबाट पाइपको व्यवस्था गरिएको छ । युवाले चाहेजस्तो सुकै काम पनि गर्न सकिने भन्दै आगामी दिनमा यस्ता कामहरुलाई निरन्तरता दिइने पनि शाहीले बताए ।