दैलोमै पुगेर सुविधा दिने वडाध्यक्ष

वास्तविक समाजसेवा : नलगाड नगरपालिका वडा नम्वर -४, का वडाध्यक्ष बद्री पन्तले साेही वडा औल निवासी हाल नलगाड -३, कैना बजारमा बस्दै आउनु भएका प्रशान्त थापा र देविका थापाको घरमै पुगेर उहाँका छोरा गौतम थापाको जन्मदर्ता गरेका छन् । वडासचिव सुरेन्द्र रावललगायतको अपस्थीतिमा जन्मदर्ताको प्रमाणपत्र प्रदान गरिएको छ । घरमै आएर जन्मदताको प्रमाणपत्र बनाई दिएपछि निकै खुशी लागेको थापा दम्पतिले बताए । उनीहरुले अरु वडाहरुले यस्तो काम वडा नम्वर ४ बाट सिक्नु पर्ने बताए ।
प्रकाशित मितिः ७ श्रावण २०७९, शनिबार १०:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *