वडाध्यक्षमाथि खुकुरी प्रहार

माया घर्ती
जाजरकोट
जाजरकोट बारेकोटगाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारामाथि सोमबार खुकुरी प्रहार भएको हो ।
एमालेबाट निर्वाचित वडाध्यक्ष महतारामाथि कांग्रेसका स्थानीय युवाले आक्रमण गरेको आरोप छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले बताए ।उनले घटनामा संग्लन आरोपिहरूको खोजी भइरहेको पनि बताए । घाइते वडाध्यक्षको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
महतारा माथि भएको आक्रमणको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु जाजरकोटले भत्सर्ना गरेको छ । संगठनका अध्यक्ष विवश भारतीले महतारा माथि ज्यान मार्ने उद्धेश्यले भएको सांघातिक हमला भएइको बताएका छन् ।
उनले दोषीलाई कारवाहीको माग गर्दै यस्ता हर्कतका विरुद्ध अनेरास्ववियु जस्तो सुकै आन्दोलनको सामना गर्न तयार रहेको चेतावनी दिएका छन् ।

प्रकाशित मितिः १० श्रावण २०७९, मंगलवार ०८:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *