बाटो खन्दै वडाध्यक्ष पन्त, भन्छन सानोतिनो विकासमा सरकारी बजेट खर्च गर्नु पदैन

जाजरकोट
जाजरकोट नलगाड नगरपालिका -४ का वडाध्यक्ष बद्री पन्तले गाउँलेहरुको सहयोगमा सरकारी रकम खर्च नगरी गोरेटोको वाटो निर्माण गरेका छन् ।
बाढी पहिरोको कारण गाउँलेलाई आउन जान निकै समस्या भएको बाटो वडाध्यक्षको पलह र सक्रियता खनिएको हो ।


बाटो खन्न वडाध्यक्ष पन्त आफै कोदालो र फरुवा बोकेर गएका थिए ।  डोजरले सडक खन्दा बर्षेदेखि गाउँलेहरु हिडने गरेको बाटो बाढी पहिरो आएर विग्रएको थियो ।


बाटो नहुँदा पशुचौपाय ल्याउन लैजान पनि निकै समस्या भएको थियो । खन्नेरी बाइठाना हुँदै सिमा काल्चिउरासम्मको बाटोलाई ममैत गरेर मानिस र पशुचौपाय हिडने बनाइएको स्थानीय हिरालाल रावलले बताए ।


वडाध्यक्षले पहल कदमी नलिएको भए सायद बाटो बन्दैन्थ्यो होला, उनले भने, बाटो खन्न वडाध्यक्ष आफै कोदालो र फरुवा वोकेर आएपछि गाउँले साथ नदिने कुरै भएन ।


वडाध्यक्षकै आँटले गर्दा बाटो निर्माण गर्न सफल भएको उल्लेख गदै उनले मान्छेहरु विते भने पनि घाटसम्म लिन निकै सकस थियो अब त्यो समस्या अन्त्य भयो ।


बाढी पहिरोको कारण गाउँबासीको बर्षे पुरानो बाटो विग्रेर जोखिमपूर्ण भएको देखेपछि आफै बाटो निर्माणमा जुटेको वडाध्यक्ष पन्तले बताए । उनले भने, सानो तिनो विकास निर्माणको लागि सरकारी बजेट नै खर्च गर्नु पर्छ भन्ने छैन । श्रमदान गरेर पनि विकासका कामहरु गर्न सकिन्छ ।

प्रकाशित मितिः १६ श्रावण २०७९, सोमबार ०७:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *