भलपानी गाउँ पस्दा मकै नष्ट, वडाध्यक्ष पन्त भन्छन, राहातको लागि पहल गर्छुं

जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका वडा नं. ४ माँझगाउँमा पहिरोले मकै खेती नष्ट पारेको छ । गत ७ गते साँझ साढे ६ बजेतिर फुलचाउँलीबाट मायाडाडाँ हुँदै आएको भलपानी नाउला मुलमा पस्दा पहिरो गएको हो ।
पहिरोले स्थानीय केशबवहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल, लोकेन्द्र रावल र धनबहादुर रावलको बारीको ५ रोपनी जग्गामा लगाएको मकै र भट्टबाली नष्ट पारेको वडा अध्यक्ष बद्री पन्तले बताए ।


पहिरोले केशब रावलको शौचालय, कुखुराको खोर, किबी, अलैची, कागती, सुन्तोलाका बोटविरुवा नष्ट गरेको छ । पहिरोले पाक्नै लागेको मकै सखाप पारेपछि उनीहरु चिन्तामा परेका छन ।
दुख गरेर लगाएको मकैबाली पहिरोले नोक्सान पारेपछि के खाएर परिवार पाल्ले पलबहादुर रावलले भने, परिवार पाल्ले यहि एउटा मकै खेती हो यो नै सखाप भएपछि आफुहरु समस्यामा परेका छौ ।


गाउँमाथि रहेको वन क्षेत्र अतिक्रमणको चपेटामा परेको तथा जथाभावी सडक खन्दा गाउँमै सिधै भलपानी आएको उनीहरुले बताए । यसबाट पुरैगाउँ जोखिममा पर्ने खतरा बढेको छ । देउताको थान र मायाडाडा गरी दुई स्थानबाट भलपानी सिधै गाउँ आएको स्थानीय कालिबहादुर थापाले बताए ।
उनी भन्छन्, गाउँमाथिको हरियाली वन क्षेत्र सबै उजाड भयो । अतिक्रमण गरेर जथाभावी जग्गा बनाउने काम भयो । दुई तिरबाट सडक खन्ने काम भयो त्यही भएर गाउँमाथिको भलपानी सानो पानी पर्दा गाउँ पसिहाल्छ ।


यसलाई समयमै रोकथाम गरिएन भने भेरीखर्क, माँझगाउँ, सार्कीबारा, नाउलाखोला लगाएत बस्ती जोखिममा पर्ने खतरा रहेको छ । सबै मिलेर वनको संरक्षण गर्ने होइन भने गाउँमा कसैको पनि बसाइ नहुने गाउँलेहरु बताउँछन् ।
बाढी पहिरोले गरेको क्षेति निरीक्षण गर्न पुगेका वडाध्यक्ष पन्तले अतिक्रमण गरेर जथाभावी जग्गा बनाउने काम रोक्ने र वन क्षेत्र संरक्षण गर्ने काम नभए बस्ती नै जोखिममा पर्ने बताए ।


यसलाई रोकथाम गर्ने काम हुन्छ । वडा सरकार लागि रहेको छ, अध्यक्ष पन्तले भने, पहिरोबाट क्षेती भएको मकैबाली पिडित किसानलाई आबश्यक राहतको लागि सक्दो पहल गर्छु ।
प्रहरी मुचुल्का बनाउन भनेर ८ गते नै प्रहरी कार्यालय दल्लीलाई वडाबाट जानकारी गराइ सकिएको उनले बताए । प्रहरीले क्षेतीको मुचुल्का तयार पारे राहतको लागि पहल गर्ने उनले बताए ।

प्रकाशित मितिः १२ भाद्र २०७९, आईतवार ०७:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *