जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका दल्लीको बार्षिक समिक्षा कार्यक्रम सन्चालन भएको छ । नगरको सभाहलमा सन्चालन भएको कार्यक्रम आजदेखि सुरु भएर शुक्रबारसम्म सन्चालन हुने छ ।
आर्थिक बर्ष २०७८-०७९ सालमा सन्चालीत योजनाहरुको बार्षिक प्रगती प्रतिवेदन सन्चालन भएको छ । नगरपालिका १ देखि १३ वडा, विषयगत शाखाहरुले प्रगती प्रतिवेदन प्रस्तुत गरिएको छ ।
वडा नम्बर १ र २ को बार्षिक प्रगती प्रतिवेदन वडा सचिव बिवेक पंगालीले प्रस्तुत गर्नु भएको थियो । उहाँले दुई वटा वडाको संयुक्त प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी ३ र ६ को वडा सचिव उत्तम चन्दले गर्नु भएको थियो ।
भने वडा नम्बर ४ को बार्षिक प्रगति प्रतिवेदन वडा अध्यक्ष बद्री पन्तले प्रूतुत गर्नु भएको थियो । उहाँले गत आर्थिक बर्ष वडामा निर्माण भएका विकास योजनाहरुको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।
वडा नम्बर ५ को वडा सचिव प्रेमबहादुर बोहराले गर्नु भएको थियो । उहाँले वडामा निर्माण भएका योजनाहरुको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
वडा नम्बर ७ को वार्षिक प्रगति प्रतिवेदन वडा सचिव कमल डुंगानाले प्रस्तुत गर्नु भएको थियो ।
विषयगत शाखा तर्फ
स्वास्थ्य शाखा डाडागाउँको वार्षिक प्रगति प्रतिवेदन शाखा प्रमुख सम्झना घर्तीले प्रस्तुत गर्नु भएको छ । स्वास्थ्य चौकी कैनाको वार्षिक प्रगति प्रतिवेदन स्वास्थ्य चौकी प्रमुख हेमा पुनले प्रस्तुत गर्नु भएको थियो ।
स्वास्थ्य चौकी लहँका प्रमुख भुपेन्द्र राज गिरीले संस्थाको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । प्राथामि अस्पताल दल्लीका राजेश सिंहले संस्थाको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।
दल्लीमा एक बर्षको समयमा १५ हजार १ सय ९२ जनाले ओपिडि सेवा, १ हजार १५ जनाले आकस्मिक सेवा, ल्याव सेवा २ हजार ५ सय ४६ जना, भिडियो एकसरे सेवा ८ सय २५ जना, इसिजी सेवा २८ जना, सुत्केरी १ हजार ७४ जना, खोप सेवा ७ सय ४६ जना, स्वास्थ्य बिमा सेवा ७ सय ७५ जना, क्षयरोग तथा कुरोग सेवा १२ जना, १ सय ३२ जनालाई रिफर सेवा, ४ सय १८ जनाले परिवार नियोजन सेवा, ११ जनाको पोष्टमाटम, २ हजार ७ सय ५० जनाले कोभिड १९ को खोप सेवा, खोप, रेविज, टिटी, मानसिक लगाएतका स्वास्थ्य दल्लीबाट प्रदान गरिएको सिंहले प्रगती प्रतिवेदनबाट जानकारी गराउनु भएको थियो ।
स्वास्थ्य शाखा दल्लीका फोकल पर्सन प्रचण्ड जंग कार्कीले स्वास्थ्य शाखा दल्लीले बर्षभरी गरेको कामको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
१७ वटा स्वास्थ्य संस्थामा अधिकांस संस्थाको भौतिक व्ययवस्थापन कम्जोर रहेको भन्दै वडा सरकारले बिशेष ध्यान दिनु पर्ने कुरा राख्नु भएको थियो ।
नलगाडमा स्थायी र करार गरी ६२ जना स्वास्थ्यकर्मीहरु रहेको पनि जानकारी गराउनु भएको थियो । बाँकी रहेका वडा र विषयगत शाखाहरुले शुक्रवार वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु हुने प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनु भएको छ ।