सुर्खेत
सामाजिक अभियन्ता वालरोग विशेषज्ञ डा. नवराज केसीले बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । ५८ औ बाल दिवसको अवसरमा उनले वीरेन्द्रनगर नगरपालिका १ का ५० जनना गरिव तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेका हुन ।
विद्यालय पोशाक, झोला, कलम, कापी, कलरजस्ता शैक्षिक समाग्री सहयोग पाउँदा वालबालिका खुशी भएका छन् । बिद्यालय भनेको केवल एउटा भवन र केही टिचरहरु मात्र होइन, डा. केसीले भने, शिक्षाको ‘पूर्ण सुनिश्चितताको लागि सहयोग गरिएको हो ।
उनले बीरेन्द्रनगर १ बाट सुरु यो सत्कार्य अन्य विद्यालयहरुमा पनि गरिने बताएका छन् । उनले सहयोगी हातहरुलाई यो अभियानमा जोडिन आग्रह समेत गरेका छन् ।
आइडिया नेपालको आयोजना र समुन्वयमा उक्त कार्यक्रम गरिएको हो । आइडिया नेपालकी अध्यक्ष रचना सुनार पनि सामाजिक सेवामा निकै लामो समयदेखि सक्रिय छन् ।
आइडिया नेपालसँगको सहकार्यमा आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने डा. केसीले बताए । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बीरेन्द्रनगर नगरपालिका १ का वडाध्यक्ष दिनेश खत्रीलगायतले आफ्नो भनाई राखेका थिए ।