न्युरो सर्जरी सेवालाई थप प्रभावकारी वनाउन उपकरण र जनशक्ति आवश्यक

सुर्खेत
प्रदेश अस्पताल सुर्खेतमा रहेको न्युरो सर्जरी सेवालाई थप प्रभावकारी वनाउन आवश्यक उपकरण र जनशक्ति थाप्नु पर्नेमा जोड दिइएको छ ।
सर्जरी विभाग अन्तर्गत न्युरो सर्जन इकाइले शुक्रबार गरेको कार्यक्रममा कम्तिमा पनि ३ जना न्युरो सर्जन डाक्टरसहित आवश्यक उपकरण थाप्नु पर्ने बताएको छ ।
कार्यक्रममा बरिष्ठ न्युरो सर्जन डाक्टर निलम कुमार खड्काले आवश्यक जनशक्ति र उपकरण थपे सेवालाई अझ प्रभावकारी बानाउन सकिने बताए ।
उनले भने, अहिले आइरहेका केसहरुलाई सहज रुपमा हेन्डिल गर्न २–३ जना डाक्टरका साथै एमआरआइ र न्युरो माइक्रोस्कोप आवश्यक छ ।
न्युरो सर्जरी विभागका प्रमुख समेत रहेका डाक्टर खड्काका अनुसार अस्पतालमा धेरैजसो हेड इन्जुरी र स्पाइनलकर्ड इन्जुरीका केसहरु आउने गरेका छन् ।
अस्पतालमा आएका केशहरु मध्ये अधिकाश सडक दुर्घटना र त्यसमा पनि मादक पर्दाथ प्रयोगबाट घटेका घटनाहरु ७५ प्रतिशत भन्दा बढी रहेका छन् ।


प्रदेश अस्पतालमा डेढ बर्षअघि देखि संचालनमा आएको न्युरो सर्जरी सेवा भएको छ ।
बरिष्ठ न्युरो सर्जन डाक्टर खड्का आएर न्युरो सर्जरी सेवा सुरु गर्दा आफुहरुलाई धेरै ठुलो राहात भएको कर्णालीबासी बताउँछन् ।
यो सेवा प्रदेश अस्पतालमा संचालन हुनु अघि कर्णालीबासी नेपालगंज, भारतको लखनउ, काठमाडौजस्ता ठाउँमा जान बाध्य थिए ।


कार्यक्रमा अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर घलेले न्युरो सर्जरी सेवालाई अझै प्रभावकारी बनाउनको लागि सक्दो प्रयास र पहल गर्ने बताए ।
यो सेवा कर्णालीबासीको लागि बरदान सावित छ, उनले भने, यसलाई अझै प्रभावकारी बनाउन आवश्यक पहल गर्छु ।


ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख नेत्रबहादुर कुँवरले सडक दुर्घटनामा परेर हेड इन्जुरी र स्पाइनलकर्ड इन्जुरी भएका विरामीलाई घटना स्थलबाट अस्पतालसम्म कसरी सुरक्षित रुपमा ल्याउन सकिन्छ भनेर प्रहरीलाई तालिम दिनु पर्ने बताए ।
उनले भने, सडक दुर्घटना हुँदा पहिला पुग्ने प्रहरीलाई यस सम्वन्धी तालिम दिए धेरै विरामीको ज्यान जोगाउन सकिने देखिन्छ ।
कार्यक्रमकी संचालिका सकुनतला सापकोटाले सडक दुर्घटना कम गर्न सके हेड र स्पाइनल कर्ड इन्जुरीका केसहरु पनि कम हुने भएकोले सवैले यसमा विचार पुर्याउनु पर्ने बताइन् ।

प्रकाशित मितिः १९ कार्तिक २०७९, शनिबार ०५:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *