सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
एमालेका छक्कबहादुर लामालाई ४०७७ मतको फरकिलो मतअन्तरले हराउदै उनी हुम्ला प्रदेश सभा ख बाट निर्वाचित भएका हुन ।
मुख्यमन्त्री शाहीले ७०५६ र लामाले २,९७९ मत ल्याएका छन् । जितसँगै शाही फेरी कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ ।
मुख्यमन्त्री हुने आकाक्षासहित उनी प्रदेश सभा सदस्यमा लडेका थिए ।
यस्तै कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् ।
एमालेका नगिन्द्र शाहीलाई शाहीले ८०६४ मत अन्तरले पराजित गदै उनी बिजयी हुन ।
वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार महेन्द्रले २४,४७४ र एमालेका नगिन्द्रले १६,४१० मत हासिल गरेका छन् ।