जाजरकोट
नलगाड नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष बद्री पन्तको पहलमा मुटुको समस्याबाट पीडित बाउसेखोलाका दिपबहादुर ओलीलाई नगरपालिकाकाले आर्थिक सहयोग गरेको छ ।
लामो समयदेखि मुटुको समस्या पीडित ओलीको अप्रेसनको लागि नगरपालिकाले २० हजार र वडाध्यक्ष पन्तले व्यक्तिगत रुपमा ७ हजार रुपैया सहयोग गरेका छन् ।
उनको यही मंसिर २५ गते गंगालाल हृदय रोग केन्द्र काठमाडौंमा मुटुको भल्भ फेर्नुको लागि अप्रेसन हुदैछ । उक्त रकम नलगार नगरपालिकाकी उपप्रमुख सरिता सिंहले घरमै पुगेर दिपबहादुर ओलीलाई हस्तान्तरण गरेकी छन् ।
रकम हस्तान्तरण गदै उपप्रमुख सिंहले ओलीको स्वास्थ्य लाभको कामना संगै सफल शल्यक्रियाको कामना समेत गरेकी छन् ।
समाज सेवा र पत्रकारिताबाट राजनीतिमा हाम फालेका वडाध्यक्ष पन्तले जनताको सेवा सुविधाको लागि आफु सधै दत्तचित्त भएर लागिरहेको बताए ।
म जनताको सेवा गर्न आएको हुँ, उनले भने, अब कुनै पनि वडाबासी आर्थिक अभावमा उपचारबाट बञ्चित हुनु पर्ने छैन् ।