जाजरकोट
शिक्षाको गुणस्तर सुधारका लागि जाजरकोटको कुशे गाउँपालिका वडा नंम्वर -९, का वडाध्यक्ष शिवराज गिरीले हेलो अध्यक्ष कार्यक्रम सचालन गरेका छन् ।
कार्यकक्षमै रहेर तथा प्रत्यक्ष रुपमा नै विधालयमा उपस्थित भएर अध्यक्ष गिरीले शैक्षिक समस्या वुझ्ने र गुनासाहरू सुनेर सुधारका लागि आवस्यक सहयोग गर्ने र पृष्ठपोषण दिदै आएका छन् ।
शिक्षाको गुणस्तर सुधार विना समाज अघि बढ्न नसक्ने भएकोले यस्तो कदम चालेको उनले बताए ।
उनले भने, वडाध्यक्षमा निर्वाचित लगत्तै थालिएको शैक्षिक सुधार कार्यक्रले शिक्षामा केही सुधारका सकेतहरु देखिएका छन् ।
विद्यालहरूमा शिक्षक, विद्यार्थी र अभिभावक अन्तरक्रिया कार्यक्रमवाट पनि थप सुधार भएको उनको भनाइ छ ।
वडाध्यक्षले आफ्ना वडाभित्र रहेका विद्यालयको अनुगमन गर्नको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, अभिभावक र समाजसेवीहरुलाई वठाउँछन् ।
उनीहरुले विद्यालयमा विद्यार्थी उपस्थीति भए नभएको, शिक्षक आए नआएको, नियमति रुपमा पढाई भए नभएको हेर्छन ।
साथै उनले विद्यालयमा मासिक परिक्षा र विद्यार्थीको पढाई सुधारको लागि मासिक रुपमा अभिभावक र शिक्षकवीच अन्र्तक्रिया कार्यक्रम समेत गर्न सुझाव दिने गरेका छन् ।
विद्यालय सुपरिवेक्षण गर्न सक्ने शैक्षिक योग्यता वोकेका व्यक्ति समेत रहेका गिरीले लामो समयदेखि नै शैक्षिक सुधारमा क्रियाशील देखिन्छन ।
उनले सुरुवात गरेको हेलो अध्यक्ष अभियानबारे धेरैले खुलेर प्रशसा गरिरहेका छन् ।
नलगाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले सामाजिक सजाल फेसवुकमार्फत अध्यक्षको अभियानले सार्थकता पाउने विस्वास व्यक्त गरेका छन् ।
उनले हरेक सरोकारवाला विद्यालय सुधार र शैक्षिक गुणस्तर कायम गर्न जुट्नु आबश्यक रहेकोमा समेत जोड दिएका छन् ।
प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले भन्छन, आकाशका तारा झार्ने भाषण दिनु जरूरी छैन कक्षा कोठाको अनुहार वदल्नु छ, बालबालिकाको दिमागका उचित ज्ञानको बीउ राप्नु छ ।