कुशेको वडा नम्वर ९ बालमैत्री वडा घोषणा

जाजरकोट
जाजरकोटको कुशे गाउँपालिका वडा नम्वर -९, लाई बालमैत्री वडा घोषणा गरिएको छ । शनिवार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष शिवराज गिरीले बताए ।
उनले भने, आवश्यक सवै सुचक पुरा भएपछि बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको हो ।

तस्वीर प्रमोद न्यौपानेको फेसवुकबाट

वडाध्यक्ष गिरीले बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको उल्लेख गरे ।

तस्वीर प्रमोद न्यौपानेको फेसवुकबाट

वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय र सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन गरिएको थियो ।

तस्वीर प्रमोद न्यौपानेको फेसवुकबाट

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बालमैत्री वडा घोषणासँगै कार्यान्वयनलाई प्राथमिकतामा राखिने बताए । वालमैत्री वडा घोषणा गदै प्रदेश सभा सदस्य वेदराज सिंहले वालमैत्रीलाई कार्यान्वयन गर्न सवैले आ आफ्नो क्षेत्रबाट अग्रसर भएर लाग्नु पर्नेमा जोड दिए ।

प्रकाशित मितिः ३ पुष २०७९, आईतवार ०६:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *